नेपालको धमाकेदार ब्याटिङ, मलेसियाविरुद्ध विशाल साझेदारी
एसिया कप पुरुष छनोट क्रिकेटमा नेपालले मलेसियाविरुद्ध आक्रामक ब्याटिङ प्रदर्शन गरिरहेको छ। सिंगापुरमा जारी खेलमा १० ओभरको समाप्तिसम्म नेपालले १ विकेटको क्षतिमा १५६ रन बनाएको छ। ओपनर आसिफ शेखले २४ बलमा ६८ रनको विस्फोटक इनिङ खेल्दै ७ छक्का र ५ चौका प्रहार गरे। उनी भिरन्दीप सिंहको बलमा क्याच आउट भए। तर उनले कुशल भुर्तेलसँग पहिलो विकेटका लागि मात्र ८.४ ओभरमा १३४ रनको विशाल साझेदारी गरे। यस क्रममा कुशल भुर्तेल शतक नजिक पुगेका छन् भने उनलाई सन्दीप जोराले साथ दिइरहेका छन्। समूह ‘ए’ मा नेपाल र मलेसिया दुवै २–२ अंकसहित छन्। आजको खेलको विजेताले समूह विजेता बन्नेछ भने दुवै टोली सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। समूह बीबाट हङकङ र ओमानले सेमिफाइनल पक्का गरिसकेका छन्।