२०८३ भाद्र १४ गते, आइतबार

सुधार तथा सच्याउने नीति

१. गल्तीहरू सच्याउने प्रतिबद्धता

न्युजवे नेपाल तथ्यपूर्ण र सटिक पत्रकारिताप्रति प्रतिबद्ध छ। प्रकाशन भएका सामग्रीमा मानवीय वा प्राविधिक त्रुटि हुन गएमा हामी त्यसलाई तत्काल र पारदर्शी रूपमा सच्याउन तयार छौँ।

२. पाठकहरूद्वारा गल्ती रिपोर्ट गर्ने माध्यम

हाम्रा पाठकहरूले कुनै पनि सामग्रीमा त्रुटि फेला पारेमा हामीलाई हाम्रो आधिकारिक ईमेल वा सम्पर्क फारममार्फत जानकारी गराउन सक्नुहुन्छ। ईमेल: info@newswaynepal.com

३. सच्याइएको विवरणको पारदर्शिता

कुनै पनि ठूलो गल्ती सच्याइँदा उक्त समाचारको अन्त्यमा सच्याइएको मिति, समय र सुधार गरिएको विवरण (Correction Note) स्पष्ट रूपमा उल्लेख गरिनेछ। सामान्य व्याकरण वा हिज्जे सुधारबाहेक अर्थमा परिवर्तन आउने सबै सुधारहरू पारदर्शी रूपमा राखिनेछन्।