२०८३ भाद्र १४ गते, आइतबार
सेयर

ब्रिटिस काउन्सिलको प्लाटिनम अवार्ड अर्बिट मेडिकल इन्ट्रान्सलाई

काठमाडौं। ब्रिटिस काउन्सिल नेपालले आईईएलटीएस दर्तामा उत्कृष्ट कार्यसम्पादन गर्ने १५ साझेदार संस्थालाई सम्मान गरेको छ। काठमाडौंमा आयोजित ‘आईईएलटीएस पार्टनर समिट–२०२६’ मा सन् २०२५ अप्रिलदेखि २०२६ मार्चसम्मको कार्यसम्पादनका आधारमा अर्बिट मेडिकल इन्ट्रान्स प्रालिलाई प्लाटिनम पार्टनर अवार्ड प्रदान गरिएको हो। त्यस्तै, ईक्यानले ‘टप एसोसिएसन अवार्ड’, केआईईसी लर्निङ सेन्टरले गोल्ड, द नेक्स्ट एजुकेसन कन्सल्टेन्सीले सिल्भर तथा अन्य पाँच संस्थाले ब्रन्ज अवार्ड प्राप्त गरेका छन्। ब्रिटिस काउन्सिलले आईईएलटीएस अन कम्प्युटर सेवाको विस्तार गर्दै परीक्षार्थीलाई थप सहज र छिटो नतिजा उपलब्ध गराउने जनाएको छ।

यो खबर सेयर गर्नुहोस्