अष्ट्रेलियामा अध्ययन अवसर विस्तारबारे NECSA को ‘एजेन्ट मिटअप २०२६’ सम्पन्न
नेपाल एजुकेशनल कन्सल्टेन्सी एसोसिएसन (NECSA) द्वारा आयोजित ‘अष्ट्रेलिया एजेन्ट मिटअप २०२६’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममाअष्ट्रेलियास्थित Edvantage Institute Australia (EIA), Global Business College of Australia तथा शिक्षा क्षेत्रसँग सम्बन्धित प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा श्री Goutham Gandhi को पनि विशेष उपस्थिति रहेको आयोजकले जनाएको छ। कार्यक्रममा नेपाल र अष्ट्रेलियाबीचको शैक्षिक सहकार्यलाई थप मजबुत बनाउने, नेटवर्क विस्तार गर्ने तथा अष्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि अझ प्रभावकारी अवसर सिर्जना गर्ने विषयमा छलफल गरिएको थियो। NECSA ले कार्यक्रममा सहभागी सम्पूर्ण कन्सल्टेन्सी प्रतिनिधि, साझेदार संस्था तथा अतिथिहरूप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहकार्यले नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक अवसर प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। आयोजकका अनुसार कार्यक्रमले नेपाल–अष्ट्रेलिया शिक्षा सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।