२०८३ भाद्र १५ गते, सोमबार
सेयर

त्रिभुवन विश्वविद्यालयमा नयाँ जिम्मेवारी : शिक्षाध्यक्षमा खनाल, रजिस्ट्रारमा चालिसे

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा सुशील बज्राचार्यले विश्वविद्यालयको प्रशासनिक कामलाई निरन्तरता दिन शिक्षाध्यक्ष र रजिस्ट्रार पदमा नयाँ जिम्मेवारी तोकेका छन्। शुक्रबार गरिएको निर्णयअनुसार विज्ञान तथा प्रविधि संकायका डिन प्राडा शंकरप्रसाद खनाललाई शिक्षाध्यक्ष तथा व्यवस्थापन संकायका डिन प्राडा महानन्द चालिसेलाई रजिस्ट्रारको जिम्मेवारी दिइएको हो। यसअघि कुलपति एवं प्रधानमन्त्री बालेन्द्र शाहले प्राडा बज्राचार्यलाई उपकुलपतिको जिम्मेवारी दिएका थिए। विश्वविद्यालयको नियमित प्रशासनिक तथा शैक्षिक गतिविधि सञ्चालनका लागि नयाँ जिम्मेवारी तोकिएको जनाइएको छ।

यो खबर सेयर गर्नुहोस्