२०८३ भाद्र १५ गते, सोमबार
सेयर

कन्सल्टेन्सीमाथि अनुसन्धान : नेक्साद्वारा निष्पक्ष छानबिनको माग

नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) ले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय तथा विभिन्न सरकारी निकायबाट शैक्षिक परामर्श संस्थामाथि भइरहेको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेक्साले प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थी र अभिभावकको हितलाई केन्द्रमा राखेर निष्पक्ष तथा पारदर्शी अनुसन्धान हुनुपर्नेमा जोड दिएको हो । संघले गैरकानुनी कार्यमा संलग्न जो–कोहीलाई कानुनअनुसार कारबाही हुनुपर्ने स्पष्ट पारेको छ । साथै, अनुसन्धान पूरा नहुँदै मिडिया ट्रायल नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । नेक्साले दर्ताविहीन कन्सल्टेन्सीमाथि कारबाही आवश्यक रहेको उल्लेख गर्दै दर्ता प्रक्रियालाई सहज, सरल र व्यवहारिक बनाउन सरकारसँग माग गरेको छ । साथै, शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विद्यार्थीमैत्री बनाउन स्पष्ट नियमावली निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्न पनि आग्रह गरेको छ ।

यो खबर सेयर गर्नुहोस्