२०८३ भाद्र १५ गते, सोमबार
सेयर

शैक्षिक परामर्श क्षेत्रका समस्या समाधानका लागि नेक्साको प्रहरी नेतृत्वसँग छलफल

Nepal Education Counseling Services Association (नेक्सा) को टोलीले आज काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) Ishwar Karki तथा प्रहरी नायव महानिरीक्षक Om Prasad Adhikari लाई भेटघाट गर्दै ज्ञापनपत्र बुझाएको छ। भेटका क्रममा शैक्षिक परामर्श क्षेत्रसँग सम्बन्धित पछिल्ला गतिविधि, विभिन्न तहमा फैलिएका भ्रमहरूको निवारण, तथा सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा सकारात्मक छलफल भएको नेक्साले जनाएको छ। संस्थाका अनुसार आजको भेटघाटबाट प्राप्त महत्वपूर्ण जानकारी तथा आगामी कार्ययोजनाबारे सम्पूर्ण सदस्यहरूलाई भोलि बस्ने बैठकमार्फत जानकारी गराइनेछ।नेक्साले सम्पूर्ण सदस्य, सरोकारवाला निकाय तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्दै शैक्षिक परामर्श क्षेत्रलाई थप व्यवस्थित, विश्वसनीय र पारदर्शी बनाउन निरन्तर पहल जारी रहने जनाएको छ।

यो खबर सेयर गर्नुहोस्