शैक्षिक परामर्श क्षेत्रबारे स्पष्टता दिन NECSA टोलीद्वारा अनुसन्धान विभागसँग भेटघाट तथा ज्ञापनपत्र पेश
काठमाडौं । नेपाल एजुकेशन काउन्सिलिङ सर्भिस एसोसिएसन (NECSA) को टोलीले आज टेकुस्थित अनुसन्धान विभाग शाखा प्रमुख सन्तोष खड्कासँग भेटघाट तथा छलफल गरेको छ। भेटघाटका क्रममा शैक्षिक परामर्श क्षेत्रसँग सम्बन्धित पछिल्ला गतिविधि, कोरिया सम्बन्धी समाचार तथा समग्र अवस्थाबारे विस्तृत छलफल भएको NECSA ले जनाएको छ। छलफलका क्रममा अनुसन्धान विभागले कुनै पनि व्यक्तिलाई आधारहीन समाचारका आधारमा पक्राउ नगरिएको स्पष्ट पारेको छ। दर्ता नभएका संस्था तथा उजुरी परेका विषयहरूमा मात्रै कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिइएको छ। NECSA का अनुसार उक्त स्पष्टताले वैधानिक रूपमा सञ्चालन भइरहेका सदस्य संस्थाहरूमा थप विश्वास, स्पष्टता र ढुक्कताको वातावरण सिर्जना गरेको छ। साथै, संघले सम्पूर्ण सदस्य संस्थाहरूलाई आवश्यक कागजात तथा कानुनी प्रक्रिया पूरा गरेर मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको छ। संस्थाले जिम्मेवार, पारदर्शी र कानुनी दायराभित्र रहेर शैक्षिक परामर्श सेवा प्रवाह गर्न सबै सदस्य तथा सरोकारवालालाई अनुरोध गरेको छ।यसैबीच,NECSA Team Meeting & ज्ञापन पत्र Submissionसम्बन्धी विस्तृत जानकारी आज साँझ ५ बजे बस्ने बैठकमार्फत सार्वजनिक गरिने जनाइएको छ। बैठकमा आज प्राप्त महत्वपूर्ण अपडेटहरू तथा आगामी कार्ययोजनाबारे सदस्यहरूलाई जानकारी गराइने NECSA ले जनाएको छ।