सुन र चाँदीको मूल्यमा वृद्धि, सुन तोलामा २,९२,८०० रुपैयाँ पुग्यो
काठमाडौँ। नेपाली बजारमा सुन र चाँदीको मूल्य सोमबार पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा दुवै धातुको मूल्यमा वृद्धि भएको हो। सोमबार सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर २ लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। आइतबार प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १४० रुपैयाँले बढेर ५ हजार १ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढाव, माग–आपूर्तिको अवस्था तथा मुद्रा बजारको प्रभावका कारण नेपाली बजारमा मूल्यमा परिवर्तन हुँदै आएको छ।