२०८३ भाद्र १४ गते, आइतबार
सेयर

बजार अनुगमन तीव्र, अनियमितता गर्ने व्यवसायीमाथि कारबाही

सरकारले बजारमा हुने अनियमितता नियन्त्रण गर्न र उपभोक्ता अधिकार सुनिश्चित गर्न देशव्यापी बजार अनुगमनलाई तीव्र बनाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा मातहतका कार्यालयले जेठ १ गते काठमाडौँ, वीरगन्ज र विराटनगरका विभिन्न व्यापारिक फर्ममा अनुगमन गर्दै कारबाही गरेका हुन् । ‘मूल्य पारदर्शिता सप्ताह’ अन्तर्गत वैशाख २८ गतेदेखि सुरु गरिएको अभियानमार्फत बजारमा सुशासन कायम गर्ने, मूल्यमा पारदर्शिता ल्याउने र स्वस्थ प्रतिस्पर्धी वातावरण निर्माण गर्ने लक्ष्य सरकारको रहेको विभागले जनाएको छ । अनुगमनका क्रममा मूल्य सूची नराख्ने, म्याद गुज्रिएका वस्तु बिक्री गर्ने तथा उपभोक्ता हित विपरीतका गतिविधिमा संलग्न फर्मलाई कारबाही गरिएको बताइएको छ । विभागले उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिइने जनाएको छ ।

यो खबर सेयर गर्नुहोस्