सुशासनको प्रश्न उठाउँदै ज्ञानेन्द्र शाही, ६५ काण्डमाथि छानबिनको माग
सांसद ज्ञानेन्द्र शाहीले ठूला भ्रष्टाचार तथा अनियमिततासँग सम्बन्धित ६५ वटा काण्डहरूको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् । उनले सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध सरकारले कडा कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका हुन् । सामाजिक सञ्जालमार्फत शाहीले ललिता निवास जग्गा काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण, वाइडबडी विमान खरिद काण्ड लगायतका चर्चित घटनाहरूको छानबिनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । उनका अनुसार यी सबै काण्डहरूको गहिरो र निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन ढिलाइ गर्न नहुने उनको भनाइ छ । शाहीले ठूला भ्रष्टाचार प्रकरणमा संलग्न भनिएका व्यक्तिहरूमाथि कारबाही हुनेमा आफू आशावादी रहेको पनि उल्लेख गरेका छन्