२०८३ भाद्र १५ गते, सोमबार
सेयर

रास्वपाद्वारा सल्यान–काठमाडौं सम्पर्क विभाग गठन, नेतृत्वमा देबिन्द्र थापा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सल्यान जिल्लाबाट काठमाडौंमा बसोबास गर्दै आएका आफ्ना क्रियाशील सदस्य तथा समर्थकहरूलाई समेट्दै सल्यान–काठमाडौं सम्पर्क विभाग गठन गरेको छ। काठमाडौंमा सम्पन्न भेलाले देबिन्द्र थापाको नेतृत्वमा ११ सदस्यीय विभाग गठन गरेको हो। विभाग प्रमुखमा देबिन्द्र थापा चयन भएका छन्। रास्वपाले राजधानीमा रहेका जिल्लावासी सदस्य तथा समर्थकबीच समन्वय, संगठन विस्तार र पार्टी गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले विभाग गठन गरिएको जनाएको छ। भेलामा सहभागी नेताहरूले पार्टी संगठनलाई देशभर सुदृढ बनाउने अभियानअन्तर्गत सम्पर्क विभागहरूको भूमिका महत्वपूर्ण रहने बताएका थिए।

यो खबर सेयर गर्नुहोस्