२०८३ भाद्र १४ गते, आइतबार
सेयर

सदस्यता नवीकरण नगर्ने नेतालाई कांग्रेसले सदस्य मान्दैन: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापा ले सदस्यता अद्यावधिक नगर्ने नेताहरूलाई पार्टीले सम्मान र माया गरे पनि सदस्यका रूपमा नचिन्ने स्पष्ट पारेका छन्। झापामा आयोजित कार्यक्रममा उनले पार्टी अब व्यक्तिको प्रभावभन्दा प्रणालीमा आधारित ढंगले सञ्चालन हुने भन्दै सदस्यता नवीकरण नगरेका व्यक्तिहरू क्रियाशील सदस्यको सूचीमा नपर्ने बताए। उनले पूर्वसभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहका केही नेताहरूले सदस्यता अद्यावधिक नगरेको सन्दर्भमा टिप्पणी गरेका हुन्। थापाले वडास्तरको अधिवेशन सुरु भएपछि यसको प्रभाव प्रत्यक्ष रूपमा देखिने दाबी गर्दै अद्यावधिक नभएका नेताहरूको नाम सिस्टममै नदेखिने बताए। साथै, कांग्रेसभित्र नयाँ पुस्ताको नेतृत्व उदाउँदै गएको उल्लेख गर्दै उनले युवाहरूलाई पार्टीको भविष्यका रूपमा अघि ल्याउनुपर्ने धारणा राखे। पुरानै शैलीमा नेतृत्वमा अड्किएर बस्ने प्रवृत्तिले पार्टीलाई अगाडि बढ्न नदिने उनको भनाइ थियो।

यो खबर सेयर गर्नुहोस्