२०८३ भाद्र १४ गते, आइतबार
सेयर

जनार्दन शर्मा भन्छन् : सम्पत्ति छानबिनको पक्षमा अझै अडिग छु

प्रगतिशील लोकतान्त्रिक पार्टीका संस्थापक नेता जनार्दन शर्मा ले सम्पत्ति छानबिनको विषय आफूले नै सदन र पार्टीभित्र उठाएको बताएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सम्पत्ति छानबिन आवश्यक रहेको आफ्नो अडानमा कुनै परिवर्तन नआएको स्पष्ट पारे। शर्माले आफूसँग सरोकार नै नभएको विषयलाई जोडेर भ्रम सिर्जना गर्ने उद्देश्यले मिडिया ट्रायल गरिएको भन्दै दुःख व्यक्त गरेका छन्। उनले सम्पत्ति छानबिनको पक्षमा आफू अहिले पनि दृढ रहेको उल्लेख गर्दै तथ्य र यथार्थका आधारमा मात्रै सार्वजनिक बहस हुनुपर्ने बताएका छन्।

यो खबर सेयर गर्नुहोस्