२०८३ भाद्र १५ गते, सोमबार
सेयर

राजनीतिलाई सेवाको प्रतीक बनाउनुपर्छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिलाई वास्तविक अर्थमा सेवाको प्रतीकका रूपमा रूपान्तरण गर्नु आजको आवश्यकता रहेको बताएका छन्। काठमाडौं महानगरपालिका वडा नं. ८ ले सामाजिक सेवामा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले सम्मानित व्यक्तित्वहरूले आफ्नो पेसा र क्षेत्रको विकासमा मात्र नभई लोकतन्त्रको जग बलियो बनाउन पनि महत्वपूर्ण योगदान दिएको बताए। उनले समाज रूपान्तरण र लोकतन्त्र सुदृढीकरणका लागि सामाजिक सेवामा समर्पित व्यक्तिहरूको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै राजनीतिलाई जनसेवामुखी बनाउन सबै पक्षको साझा प्रयास आवश्यक रहेको धारणा राखे। ‘राजनीतिलाई वास्तविक र सेवाको प्रतीकका रूपमा रूपान्तरण गर्नुपर्ने अहिलेको आवश्यकता हो। हामी सबै मिलेर यो बाटो बनाउन केही योगदान गरौँ,’ थापाले भने।

यो खबर सेयर गर्नुहोस्