देउवा दम्पत्ती पक्राउ प्रकरण: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई रिटमा विपक्षी बनाइयो
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी श्रीमती डा.आरजु राणा देउवाको पक्राउ पुर्जीविरुद्ध दायर भएको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ भइरहेको हो। पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले आफू र श्रीमती आरजुलाई पक्राउ पुर्जी जारी भएपछि सर्वोच्चमा रिट दायर गरेका हुन्।प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई रिटमा विपक्षी बनाइएको छ। यसअघि जेठ ५ गते न्यायाधीश मेघराज पोखरेलको इजलासले देउवा दम्पत्ती पक्राउ गर्नुको कारणसहित लिखित जवाफ माग गरेको थियो।