२०८३ भाद्र १५ गते, सोमबार
सेयर

विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक जेठ २५ गते बिहान ११ बजे

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूको निरन्तर अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएको छ। विपक्षी दलहरूले बैठकका क्रममा वेल घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख डीपी अर्यालले बैठक सञ्चालन गर्न नसकिएको जानकारी दिँदै बैठक स्थगित गरिएको घोषणा गर्नुभएको हो। सभामुखले प्रतिनिधि सभाको अर्को बैठक जेठ २५ गते सोमबार बिहान ११ बजे बस्ने जानकारी समेत गराउनुभएको छ।

यो खबर सेयर गर्नुहोस्