२०८३ भाद्र १५ गते, सोमबार
सेयर

समावेशी लोकतन्त्र र संवैधानिक राजसंस्था दुवै जोगाउनुपर्छ : रविन्द्र मिश्र

राजनीतिज्ञ रविन्द्र मिश्र ले नेपालमा समावेशी लोकतन्त्र र संवैधानिक राजसंस्था दुवैलाई जोगाउनुपर्ने बताएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मिश्रले देशको दीर्घकालीन हित, स्थायित्व र अस्तित्वका लागि नयाँ समझदारी आवश्यक रहेको बताएका हुन्। उनले लेखेका छन्, “मलाई धेरै कुरा थाहा नहोला, तर के चाहिँ थाहा छ भने सयौँ कमजोरीका बावजूद नेपालको हकमा समावेशी लोकतन्त्र जोगाउनै पर्छ। केही कमजोरीका बावजूद नेपालको हकमा संवैधानिक राजसंस्था पनि जोगाउनै पर्छ।” मिश्रले नेपालमा लोकतान्त्रिक व्यवस्था र संवैधानिक राजसंस्थालाई सन्तुलित रूपमा अघि बढाउनुपर्ने धारणा दोहोर्‍याएका छन्। उनी विगतदेखि नै संवैधानिक राजसंस्थासहितको लोकतान्त्रिक व्यवस्थाको पक्षमा आवाज उठाउँदै आएका छन्।उनको पछिल्लो अभिव्यक्तिलाई वर्तमान राजनीतिक बहस र शासन प्रणालीसम्बन्धी चर्चासँग जोडेर हेरिएको छ।

यो खबर सेयर गर्नुहोस्