२०८३ भाद्र १४ गते, आइतबार
सेयर

मोदी–लामिछाने भेट: नेपाल–भारत सम्बन्ध थप मजबुत बनाउने प्रतिबद्धता

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटका क्रममा दुवै पक्षबीच नेपाल–भारत सम्बन्ध, आपसी हितका विविध आयाम तथा राजनीतिक दलगत सम्बन्धबारे छलफल भएको बताइएको छ। सो अवसरमा रास्वपा र भारतीय जनता पार्टी (भाजपा)बीचको सम्बन्ध तथा दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाउने विषयमा पनि कुराकानी भएको जनाइएको छ। भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै सभापति लामिछानेसँग भेट्न पाउँदा खुशी लागेको उल्लेख गरेका छन्। उनले साझा समृद्ध भविष्यका लागि सहकार्य गर्न आफू उत्सुक रहेको बताउँदै नेपाललाई भारतको ‘पहिलो छिमेकी’ नीतिअन्तर्गत प्राथमिक साझेदार राष्ट्रका रूपमा लिएको स्पष्ट गरेका छन्।मोदीले दुई देशबीचको विशिष्ट र बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न भारत तयार रहेको समेत उल्लेख गरेका छन्।

यो खबर सेयर गर्नुहोस्