२०८३ भाद्र १५ गते, सोमबार
सेयर

संसद् स्थगनप्रति राप्रपा प्रमुख सचेतक ओलीको आपत्ति

राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओली ले लामो समयसम्म प्रतिनिधिसभा बैठक स्थगित गरिएको विषयमा प्रश्न उठाएकी छन्। आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले संसद् पाँच दिनसम्म स्थगित हुँदा संवाद र समाधान खोज्ने कुनै पहल नभएको बताएकी छन्। ओलीले सदनको लामो स्थगनले राष्ट्रिय मुद्दाभन्दा दलगत आवश्यकतालाई प्राथमिकता दिइएको गम्भीर आशंका पैदा गरेको टिप्पणी गरेकी छन्। उनले यसबीचमा राष्ट्रिय स्वतन्त्र पार्टी को वडा अधिवेशनका लागि वातावरण सहज बनाइएको आरोप समेत लगाएकी छन्। ओलीका अनुसार नेपालको सार्वभौम संसद् कुनै दल वा व्यक्तिको सुविधाका लागि नभई जनताको सार्वभौम इच्छाको प्रतिनिधित्व गर्ने सर्वोच्च लोकतान्त्रिक संस्था हो। उनले लोकतान्त्रिक मूल्य, संसदीय मर्यादा तथा संसद्को गरिमाको रक्षा गर्न यस्ता विषयमा संघीय संसद् सचिवालयको गम्भीर ध्यान जानुपर्ने माग गरेकी छन्।

यो खबर सेयर गर्नुहोस्