२०८३ भाद्र १५ गते, सोमबार
सेयर

बालेनको पोस्टप्रति सुदन किरातीको टिप्पणी— ‘यो परिपक्व नेतृत्वको शैली होइन’

श्रम संस्कृति पार्टीका नेता सुदन किराती ले प्रधानमन्त्री बालेन्द्र शाह को हालैको सामाजिक सञ्जाल अभिव्यक्तिप्रति टिप्पणी गर्दै नेतृत्व व्यक्तिमाथि होइन, समस्या र प्रक्रियामाथि केन्द्रित हुनुपर्ने बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै किरातीले प्रधानमन्त्री शाहले राजनीतिक सिद्धान्तलाई आत्मसात् गर्नुपर्ने र व्यक्तिवादी शैलीबाट टाढा रहनुपर्ने उल्लेख गरेका छन्। उनले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले “बालापन” झल्काएको टिप्पणी समेत गरेका छन्। किरातीले लेखेका छन्, “राजनीतिक सिद्धान्तको दृष्टिले असल नेतृत्वको एउटा विशेषता व्यक्तिमाथि होइन, समस्या र प्रक्रियामाथि केन्द्रित हुनु हो। जनताले नेतृत्वलाई संयमित, निष्पक्ष र जिम्मेवार देख्न चाहन्छन्।” उनले सार्वजनिक रूपमा आलोचना वा कटाक्ष गर्नुभन्दा संस्थागत निर्णय, स्पष्ट निर्देशन तथा आवश्यक कारबाहीमार्फत सन्देश दिनु नै परिपक्व नेतृत्वको पहिचान हुने बताएका छन्।

यो खबर सेयर गर्नुहोस्